नबिल बैंकले जारी गर्ने १०० रुपैयाँ दरको ५ करोड कित्ता अग्राधिकार सेयर क-कस्ले किन्न पाउँछ ?
काठमाडौं । नबिल बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता शेयर जारी गर्न लागेको हो । बैंकको साउन २७ गते आइतबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बसेको सञ्चालक समितिको ६६२ औं बैठकबाट शेयर जारी गर्ने निर्णय भएको हो । शेयर प्रतिकित्ता १ सय रुपैयाँको दरले तोकिनेछ । जसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८ प्रतिशत मुनाफा प्राप्त गर्नेछन् । बैंकले कमाएको मुनाफा सबैभन्दा पहिले अग्राधिकार सेयर लगानीकर्तालाई छुट्याउनु पर्नेछ । बैंकले अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका बिषयहरूमा शेयरधनीबीच छलफल गरी निर्णय गर्नका लागि भदौ १७ गतेका दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । बैंकले यसरी जारी गर्ने शेयर विभिन्न इन्स्योरेन्स कम्पनीहरु, नेपाली सेनाको कल्याणकारी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोष, नेपाल पुनर्बीमा कम्पनी लगायतले पनि अग्राधिकार सेयर किन्न सक्नेछन् । यस्तै व्यक्तिगत लगानीकर्ताले भने यस्तो सेयर खरिद गर्न पाउने छैनन् । नबिल बैंकले आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्य बैंकतर्फ सबैभन्दा धेरै ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै, राज्यलाई ५ अर्ब ५२ करोड राजस्व समेत दाखिला गरेको छ । अग्राधिकार शेयर जारी गर्नका लागि नबिल बैंक र एनआइशी एशिया बैंकले राष्ट्र बैंक … Continue reading नबिल बैंकले जारी गर्ने १०० रुपैयाँ दरको ५ करोड कित्ता अग्राधिकार सेयर क-कस्ले किन्न पाउँछ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed