Shikhar Insurance
National Life

नबिल बैंकले जारी गर्ने १०० रुपैयाँ दरको ५ करोड कित्ता अग्राधिकार सेयर क-कस्ले किन्न पाउँछ ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २९, मंगलवार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले पाँच अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता शेयर जारी गर्न लागेको हो । बैंकको साउन २७ गते आइतबार बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बसेको सञ्चालक समितिको ६६२ औं बैठकबाट शेयर जारी गर्ने निर्णय भएको हो ।

शेयर प्रतिकित्ता १ सय रुपैयाँको दरले तोकिनेछ । जसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८ प्रतिशत मुनाफा प्राप्त गर्नेछन् । बैंकले कमाएको मुनाफा सबैभन्दा पहिले अग्राधिकार सेयर लगानीकर्तालाई छुट्याउनु पर्नेछ । बैंकले अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका बिषयहरूमा शेयरधनीबीच छलफल गरी निर्णय गर्नका लागि  भदौ १७ गतेका दिन विशेष साधारण सभा गर्ने निर्णय गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले यसरी जारी गर्ने शेयर विभिन्न इन्स्योरेन्स कम्पनीहरु, नेपाली सेनाको कल्याणकारी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोष, नेपाल पुनर्बीमा कम्पनी लगायतले पनि अग्राधिकार सेयर किन्न सक्नेछन् । यस्तै व्यक्तिगत लगानीकर्ताले भने यस्तो सेयर खरिद गर्न पाउने छैनन् ।

नबिल बैंकले आर्थिक वर्ष २०८०/०८१ मा वाणिज्य बैंकतर्फ सबैभन्दा धेरै ७ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । यस्तै, राज्यलाई ५ अर्ब ५२ करोड राजस्व समेत दाखिला गरेको छ । अग्राधिकार शेयर जारी गर्नका लागि नबिल बैंक र एनआइशी एशिया बैंकले राष्ट्र बैंक समक्ष निवेदन दिएका थिए ।

राष्ट्र बैंकले बैंकले वाणिज्य बैंकहरुको माग बमोजिम एकिकृत निर्देशन २०८० मा संसोधन गर्दै पुँजी कोष दबाबमा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई अग्राधिकार सेयर जारी गर्ने सुबिधा उपलब्ध गराएको थियो । बहुसंख्यक बाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरु पुँजी कोष अभावमा थप ऋण लगानी गर्नै नसक्ने अवस्थामा रहेका थिए ।

राष्ट्र बैंकले सुविधा दिएसँगै बैंक तथा वित्तिय संस्थाहरुले अग्राधिकार सेयर जारी गरेर आफ्नो टायर १ क्यापिटल बढाउन सुरु गरेका हुन् । क्यापिटल एडुक्वेसी फ्रेमवर्कअनुसार बैंकहरूले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशतसम्म पर्पेचुअल प्रकृतिको नन्–क्युमुलेटिभ अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था छ ।

क्यापिटल एडुक्वेसी फ्रेमवर्कले अतिरिक्त पुँजी जुटाउने उपकरण जारी गरि पुँजी पुर्याउन सक्ने व्यवस्था गरेपनि बैंकहरूले हालसम्म यो उपकरण प्रयोग गरेका थिएनन् । राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न नपाइने भनेको छ । बैंक तथा वित्तिय संस्थाहरुले त्यस्तो अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ ।

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्