काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा कवि फुयाँल दोहोरिएका छन् । कम्पनीको सीईओमा फुयाँललाई दोहोर्याउने सञ्चालक समितिको बैठकको निर्णय अनुसार नेपाल बीमा प्राधिकरणले समेत स्वीकृति दिएपछि फुयाँलको कार्यकाल औपचारिक रुपममै थपिएको हो ।
आइएमई लाइफको २०८१ साउन १४ गते बसेको २०१ औं सञ्चालक समिति बैठकले फुयाँललाई सीईओमा दोहोर्याउने निर्णय गरेको थियो । अब फुयाँलले अर्काे चार बर्षसम्म कम्पनीको व्यवस्थापकिय नेतृत्व सम्हाल्ने छन् ।
प्रतिक्रिया दिनुहोस्