Shikhar Insurance
National Life

न्यूनतम मूल्य १ सय ४५ रुपैयाँमा सानिमा बैंकको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण २९, मंगलवार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३८ हजार ५ सय ५७ कित्ता सेयर बिक््रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय ४५ रुपैयाँ तोकिएको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा सेयर संख्या खुलाई न्युनतम १० हजार कित्ताको लागि आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा बैंककले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्