Shikhar Insurance
National Life

लक्जरी ब्रान्डका गाडी खरिद गर्दा महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउने

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार १७:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता/डिलर अरेत ईन्टरनेशनल प्रालिबीच सम्झौता भएको छ ।

टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने सम्बन्धमा बैंक र अरेत ईन्टरनेशनलबीच सम्झौता भएको हो । सम्झौता अनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्ने सम्झौतामा उल्लेख छ ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर (त्तच्) कोड स्क्यान गरेर समेत आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्