काठमाडौं । सेयर बजार बुलिस ट्रेण्डमा अघि बढेको छ । नीतिगत तथा बैंक ब्याजदरले साथ दिएसँगै बजारको रफ्तार अघि बढिरहेको छ । सोमबार पनि सेयर बजारले कारोबार रकमको नयाँ किर्तिमान कायम गरेको छ । सोमबार २७ अर्ब २४ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार १२ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । यस्तै, नेप्से परिसुचक ७०.८१ अंकले बढेर २९३१.६५ पुगेको छ ।
अर्थ मन्त्रीमा विष्णुप्रसाद पौडेल आएपछि बजारको यात्रा निरन्तर उकालो लाग्न थालेको हो । बजारमैत्री मन्त्रीको परिचय बोकेका मन्त्री पौडेलले मन्त्रालय सम्हालेको महिना दिन पनि नपुग्दै बजारले नयाँ नयाँ किर्तिमान राखेको हो । आइतबार पनि बजारले २५ अर्ब ७७ करोडको किर्तिमान राखेको हो । यसघि साउन २२ गते मंगलबार २३ अर्ब ७१ करोड कारोबारको किर्तिमान राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्