Shikhar Insurance
National Life

भीड व्यवस्थापन सुधार गर्न सङ्घीय अस्पतालको प्रगति विवरण सार्वजनिक

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार १३:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पतालमा भीड व्यवस्थापनका सन्दर्भमा प्रगति विवरणसहित ‘रिपोर्ट’ कार्ड सार्वजनिक गरेका छन् । अस्पतालको सेवा सुधारसम्बन्धी रिपोर्टको पहिलो चरणमा १७ वटा सङ्घीय अस्पतालबाट प्रगति विवरण प्राप्त भएसँगै मन्त्री पौडेलले उक्त विवरण सार्वजनिक गरेका हुन् ।

बाँकी सङ्घीय प्रतिष्ठान र अस्पतालहरुबाट विवरण प्राप्त हुने क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सचिवलायले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु अस्पताल), परोपकार प्रसूति तथा स्त्रीरोग (थापाथली अस्पताल), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) , भक्तपुर क्यान्सर अस्पताल (दूधपाटी भक्तपुर), भरतपुर अस्पताल (चितवन), राष्ट्रिय ट्रमा सेन्टर (महाङ्काल काठमाडौं) , भेरी अस्पताल (नेपालगञ्ज, बाँके), नारायणी अस्पताल (वीरगञ्ज), मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर (काठमाडौं) र कान्ति बाल अस्पताल (महाराजगञ्ज, काठमाडौं) को प्रगति विवरणमा सार्वजनिक गरिएको छ ।

त्यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर), बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (चितवन), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (खजुरा, बाँके) जिपी कोइराला रााष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र (दुलेगौँडा तनहुँ) , डडेलधुरा अस्पताल (डडेलधुरा), वीर अस्पताल, आयुर्वेद चिकित्सालय (नरदेवी अस्पताल, काठमाडौं) को विवरण सार्वजनिक गरिएको हो ।

सङ्घीय अस्पतालको भीड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि मन्त्री पौडेलको उपस्थितिमा यही साउन ३ गते सङ्घीय अस्पताल र प्रतिष्ठानका प्रमुखहरुसँग संयुक्त बैठक बसेर नौ बुँदे निर्णय भएको थियो । निर्णय गरेको भोलिपल्ट उक्त बैठकको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले अस्पतालहरुलाई पत्राचार गरेको थियो ।

अस्पतालहरुले भीड नियन्त्रण र व्यवस्थापन गर्ज अपनाएका उपायहरुमा विस्तारित स्वास्थ्य सेवाको (इएचएस) , बहिरङ्ग (ओपीडी) सेवाको समयावधि थप तथा सिफ्ट व्यवस्थापन, चिकित्सक राउन्ड तथा बिरामी भर्ना/डिस्चार्जबीचमा समन्वय, चिकित्सकहरुको राउन्डको तालिका तय, डिजिटल प्रणालीको अवलम्बन, अनलाइन दर्ता, भुक्तानीलगायत कार्यलाई प्राथमिकता दिएका अस्पतालहरुको विवरणमा उल्लेख छ ।

साथै अस्पतालको पूर्वाधार र व्यवस्थापनमा क्रमिक सुधार गर्दै थप काउन्टरको व्यवस्था, शौचालयको सरसफाइ, सफा पिउने पानीको नि:शुल्क व्यवस्थालगायत विभिन्न योजनाहरू समावेश छन् । गुनासो व्यवस्थापनका लागि सहायता कक्ष र गुनासो बक्सको व्यवस्थापन गरिएका छन् । यी प्रयासले भीड व्यवस्थापनमा सहजता थपेको अस्पतालको विवरणमा उल्लेख गरिएको छ ।

औषधिको उपलब्धता सुनिश्चित गर्न र बीमा गरिएका बिरामीका लागि फार्मेसी सेवालाई व्यवस्थित गरिएको छ । सेवाग्राहीको गुनासो सम्बोधन गर्ने प्रणाली व्यवस्थित गरिएको रिपोर्ट कार्डमा समावेश छ । बिरामी र आगन्तुकका लागि जाँच र सहायता कक्षको व्यवस्था गरिएकाले अस्पतालका सेवालाई थप प्रभावकारी, व्यवस्थित र बिरामीमैत्री बनाउँदै लगिएको रिपोर्ट कार्डमा उल्लेख छ ।

स्वास्थ्यमन्त्री पौडेलले भने ‘सरकारी अस्पतालमा सेवा लिन जाँदा लामो लाइनमा बस्नु परेको, अलमलिनु परेको र झन्झटिलो भन्ने आमनागरिकको गुनासो मन्त्रालय सम्हाल्नुअघि नै देखेको हो । लामो समयदेखिको यो समस्यालाई समाधान गर्न सम्बन्धित निकायले पनि प्रयास गरिरहेका थिए । स्वास्थ्य सेवालाई नागरिकमैत्री र सहज बनाउन हामीले प्रयास थालेका छौं ।’ आमनागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यमा सरकार सदैव अस्पताल तथा सरोकार भएकासँग सहकार्य र समन्वय गर्न तयार रहेको उनले बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्