Shikhar Insurance
National Life

नेपाल पुनर्बीमाले कमायो साढे ५१ करोड बढी खुद नाफा, यस्ता छन् अन्य सुचक

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार १४:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले एक वर्षमा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको आव २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार एक वर्षमा सो नाफा आर्जन गरेको हो ।

कम्पनीले अघिल्लो आव २०७९/०८० मा ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४९ प्रतिशत कम रहेकाे विवरणले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले एक वर्षमा ६ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीको कुल बीमा शुल्क ६ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष कम्पनीको कुल बीमा शुल्क २० करोडले घटेको हो ।

त्यसैगरी, कम्पनीको खुद बीमा शुल्क ५ अर्ब १५ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको खुद बीमा शुल्क ५ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो ।

१ अर्ब ८४ करोड रुपैयाँ कमिशन एक्सपेन्सस भएको कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ८ करोड रुपैयाँ जम्मा रहेको विवरणले देखाएको छ ।

कम्पनीको बेसिक इपीएस ४.०३ प्रतिशत रहेको छ । त्यसैगरी, कम्पनीको नेटवर्थ १४७.४५ रुपैयाँ र प्रतिसेयर आम्दानी ४.० रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्