काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताएकी छिन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न म्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुपर्ने बताइन् ।
उनले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरुको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने बताइन् । उनले साझा मूल्यहरुलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने जानकारी गरिन् । उनले सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ भन्ने भावनामा केन्द्रित हुन जरुरी रहेको बताइन् ।
उपमेयर डंगोलले आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भइ देश विकासमा लाग्नुपर्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्