काठमाडौं । सेयर बजार तिब्र गतिमा अघि बढ्न थालेको छ । राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याएसँगै बजारको गतिले रफ्तार लिएको हो । पछिल्लो हप्ता लगातर २ ठूला कारोबार रकमको किर्तिमान राखेको बजारले सोमबार पनि किर्तिमान राख्ने भएको छ ।
सोमबार बजार खुलेको १ घण्टा ३० मिनेटमै ११ अर्बको कारोबार भैसकेको छ । बजार ५७.२७ अंकले बढेर २९१८ अंकमा पुगेको छ । आइतबार २५ अर्ब ७७ करोडको किर्तिमान बनाएको थियो । दिउँसो ३ बजेसम्म सो किर्तिमान भंग हुने लगभग पक्का भएको हो ।
प्रतिक्रिया दिनुहोस्