Shikhar Insurance
National Life

स्वावलम्बन लघुवित्तको नाफा ५३ करोड ८२ लाख, प्रतिसेयर आम्दानी कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार ११:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आवमा १००.२२ प्रतिशत नाफा आर्जन गरेको छ । लघुवित्तले आज (सोमबार) सार्वजनिक गरेको गत आव ०८०/०८१ को चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफमा उछाल आएको हो ।

लघुवित्तले गत आव ५३ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्ष ०७९/०८० मा २६ करोड ८८ लाख नाफा कमाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तको खुद ब्याज आम्दानी १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने अघिल्लो आवको वर्ष सोहि अवधिमा खुद ब्याज आम्दानी १ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

१ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष भने १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । लघुवित्तको वितरणयोग्य नाफा ४८ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

लघुवितको निक्षेप संकलन कर्जा १४ अर्ब ६ करोड पुगेको छ भने १९ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

लघुवित्तको प्रतिसेयर आम्दनी ३७.१२ रुपैया छ भने प्रतिसेयर नेर्टवर्थ २४९.५७ रुपैयाँ रहेको छ । लघुवित्तको संचालन नाफा सञ्चालन नाफा ७८ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने कस्ट अफ फण्ड ८.७५ प्रतिशत रहेको छ । लघुवित्तको खराब कर्जा भने ७.९२ प्रतिशत छ ।

स्वावलम्बन लघुवित्तको सिडी रेसिओ १२२.२४ प्रतिशत पुगेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्