Shikhar Insurance
National Life

सूर्यज्योति लाइफको खुद नाफा साढे ३९ करोड, कुल बीमा शुल्क कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २८, सोमबार १२:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एक वर्षमा ३९ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको आव २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार एक वर्षमा साे नाफा आर्जन गरेको हाे ।

कम्पनीले अघिल्लो आव २०७९/२०८० मा १६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यो वर्ष झण्डै २३ करोड ५४ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको विवरणले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले एक वर्षमा ९ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष कम्पनीको कुल बीमा शुल्क ७ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा यो वर्ष कम्पनीको कुल बीमा शुल्क २ अर्ब १३ करोडले बढेको हाे ।

त्यसैगरी, कम्पनीको खुद बीमा शुल्क ९ अर्ब १० करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको खुद बीमा शुल्क ७ अर्ब १४ करोड रुपैयाँ रहेको थियो । ८७ करोड ३ लाख रुपैयाँ कमिशन भएको कम्पनीको नविकरण बीमा भने ६ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।

५ अर्ब १ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५६ करोड ९५ लाख रुपैयाँ जम्मा रहेको छ । कम्पनीको इपीएस ३.५५ प्रतिशतबाट वृद्धि भएर ८.७२ प्रतिशतमा पुगेको छ । त्यसैगरी, कम्पनीको नेटवर्थ १३०.५६ रुपैयाँ र प्रतिसेयर आम्दानी ८.७२ रुपैयाँ रहेको छ ।

कम्पनीले सार्वजनिक गरको विवरण अनुसार सूर्य ज्योति लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा वृद्धि देखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्