Shikhar Insurance
National Life

बैंक र ऋणीबिच विवाद चुलिदै एकै वर्ष ४८० वटा मुद्दा दर्ता, कस्तो छ रिकभरीको अवस्था ?

रोशनी तामाङ
२०८१ श्रावण २८, सोमबार ०८:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तिय संस्था र ऋणिबिच विवाद चुलिदै गएको देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा बैंक तथा वित्तिय संस्थाहरुले विवाद मिलाइदिनु पर्यो भन्दै ४८० वटा मुद्दा ऋण असुली न्यायधिकरणमा दर्ता गरेका छन् ।

न्यायधिकरणको अनुसार अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएको र गतवर्षसम्मको मुद्दा सहित कुल ८१४ वटा मुद्दाको जिम्मेवारी न्यायधिकरणलाई छ । जसमध्ये ३६३ वटा मुद्दामा गतवर्ष नै निर्णय भैसकेको छ ।  अघिल्लो आर्थिक वर्ष २०७९/०८० बाट ३ सय ३४ वटा मुद्दाको जिम्मेवारी सरेर आएको न्यायधिकरणले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक र ऋणिहरुबिच विवाद बढ्दै जादा बैंकहरुको खराब कर्जामा समेत बढोत्तरी हुँदै गएको छ । न्यायाधिकरणले सार्वजनिक गरेको विवरण अनुसार २०८१ को असार महिनामा ३७ वटा मुद्दाहरु दर्ता भएको छ ।

विवरण अनुसार अघिल्लो महिना(जेठ)सम्म ४ सय ४३ वटा मुद्धा परेको थियो । जसमध्ये असार महिनामा जम्मा ३२ मुद्दाहरुको निर्णय टुंगो लागेको छ । त्यस्तै, १ को मिलापत्र भएको तथ्यांकले देखाएको छ भने ४ सय ५१ मुद्दाको निर्णय तथा मिलापत्र हुन बाँकी रहेको ऋण असुली न्यायाधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।

त्यसैगरी, असार महिनामा लगतकट्टा निर्णय भएको मुद्दाहरु ६८ वटा छन् भने अघिल्लो महिनासम्म लगतकट्टा निर्णय भएको मुद्दाहरु ३०९ वटा रहेको थियो ।

२०८१ असार महिनाको कुल असुली रकम १२ करोड ९१ लाख ३५ हजार ४४८ रुपैयाँ रहेको तथ्यांकले देखाएको छ भने आर्थिक वर्ष २०८०/०८१ को कुल असुली रकम १ अर्ब २ करोड ७० लाख ८६ हजार ७ सय २२ रुपैयाँ भएको छ ।

त्यस्तै, गतवर्ष २०७९/०८० सम्ममा ३४ अर्ब २६ करोड १३ लाख ९९ हजार ४ सय ४३ रुपैयाँ रकम असुली भएको थियो, भने हालसम्म कुल ३५ अर्ब २८ करोड ८४ लाख ८६ हजार १६५ रुपैयाँ रकम असुली भएको तथ्यांकले देखाएको छ ।

कुन महिना कति पर्यो मुद्दा

२०८० साउन महिनामा ४८ वटा मुद्दा न्यायधिकरणमा परेको थियो । साउन महिनासम्म आइपुग्दा न्यायाधिकरणमा जम्मा ३ सय ८२ मुद्दा दर्ता भएको थियो, जसमध्ये साउन भरीमा १४ वटा मुद्दाको निर्णय भएको थियो । त्यसैगरी, ३ मुद्दाको मिलापत्र भएको थियो भने ३ सय ४० मुद्दाको निर्णय हुन बाँकी रहेको थियो ।

गत वर्षको साउन महिनामा जम्मा १४ करोड ८७ लाख ६१ हजार ७४५ रुपैयाँ रकम असुली भएको तथ्यांकले देखाएको छ ।

त्यस्तैगरी, २०८० को भदौ महिनामा ३१ वटा मुद्दा परेको तथ्यांकले देखाएका छ । भदौसम्म न्यायाधिकरणमा जम्मा ४ सय १३ मुद्दा थुप्रिएको थियो । ती मुद्दाहरु मध्ये साउनमा २८ वटाको निर्णय भएको थियो भने २ वटा मुद्दाको मिलापत्र भएको थियो । भदौ महिनामा १५ करोड ६३ लाख ४२ हजार ८५३ रुपैयाँ रकम असुली भएको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, २०८०/८१ को असोज महिनामा मात्रै जम्मा ५१ वटा मुद्दा परेको थियो । असोजसम्म आइपुग्दा न्यायाधिकरणमा जम्मा ४ सय ६४ मुद्दा दर्ता भएको थियो । ती मुद्दाहरुमध्ये असोजमा ४६ वटा मुद्दाको निर्णय सुनाईएको थियो भने १ वटा मिलापत्र भएको थियो । असोजमा कुल ११ करोड २९ लाख ७२ रुपैयाँ रकम असुली भएको थियो ।

कात्तिक महिनामा मात्रै ३८ वटा मुद्दा परेको थियो । कात्तिक महिनासम्म न्यायाधिकरणमा जम्मा ५ सय २ वटा मुद्दा परेको थियो, जसमध्ये कात्तिक महिनामा २२ मुद्धाको निर्णय भएको थियो भने २ को मिलापत्र र ३ सय ८४ मुद्दा निर्णय भएको थियो । त्यस्तै, कात्तिक महिनामा कुल २ करोड ४२ लाख ९ हजार ४७३ रुपैयाँ रकम असुली भएको थियो ।

त्यसैगरी,  मंसिर महिनामा १७ थप मुद्दा परी जम्मा ५ सय १९ मुद्दा पुगेको थियो । जसमध्येमा २० मुद्दाको निर्णय भएको थियो भने मिलापत्र मुद्दा शुन्य रहेको थियो । मंसिर महिनामा ९ करोड २ लाख ३ हजार ८९० रुपैयाँ रकम असुली भएको तथ्यांकले देखाएको छ ।

गतवर्ष पुस महिनामा मात्रै ऋण असुली न्यायाधिकरणमा ४२ मुद्दा परेको थियो । पुस महिनामा ५ सय ६१ मुद्दामध्ये ३९ मुद्दाको निर्णय भएको थियो भने १ को मिलापत्र भएको र ३ सय ८३ मुद्दाको निर्णय हुन बाँकी रहेको थियो । पुस महिनामा जम्मा ५ करोड ११ लाख ५५ हजार ४०१ रुपैयाँ रकम असुली भएको थियो ।

त्यस्तै, गत वर्ष माघ महिनासम्म आइपुग्दा जम्मा ६ सय २७ वटा मुद्दा परेको थियो भने माघ महिनामा मात्रै ६६ वटा मुद्दा परेको थियो । माघ महिनामा ३२ मुद्दाको निर्णय भएको थियो भने ४ को मिलापत्र र ४ सय १३ मुद्दा निर्णय हुन बाँकी भएको थियो । माघमा ६ करोड ५७ लाख ३ हजार ७५७ रुपैयाँ रकम असुली भएको थियो ।

त्यस्तै, फागुन महिनामा मात्रै ४९ वटा मुद्दा परेको थियो भने फागुन महिनासम्म आइपुग्दा ऋण असुली न्यायाधिकरणमा जम्मा ६ सय ७६ मुद्दा परेको थियो ।

ती मध्ये ३६ वटाको निर्णय भएको थियो, १ को मिलापत्र र बाँकी ४ सय २५ मुद्धाको निर्णय हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै, फागुन महिनामा ७ करोड १३ लाख ९९ हजार ४२४ रुपैयाँ रकम असुली भएको थियो ।

त्यसैगरी, चैत महिनामा मात्रै ३० वटा मुद्दा पर्दा जम्मा ७ सय ६ वटा मुद्दा दर्ताको भएको थियो, जसमध्ये चैत महिनामा ४२ को निर्णय टुंगो लागेको थियो भने बाँकी ४ सय १३ वटा मुद्दाको निर्णय हुन बाँकी थियो । चैत महिनामा ६ करोड ७८ लाख १३ हजार ८९९ रुपैयाँ रकम असुली भएको थियो ।

त्यसैगरी, बैशाखमा मात्र ३० वटा मुद्दा परेको थियो । बैशाखमा जम्मा ९ मुद्दाको निर्णय भएको थियो भने बाँकी ४ सय ३४ मुद्दाको निर्णय हुन थियो । बैशाखमा जम्मा ६० लाख १ हजार ४२ रुपैयाँ रकम असुली भएको थियो ।

त्यस्तै, जेठ महिनामा ४२ मुद्दा थप हुदाँ जम्मा ७ सय ७८ मुद्दा परेको थियो । ती मध्ये जेठ महिनामा २१ वटा मुद्धाको निर्णय भएको थियो भने २ वटा मुद्दा मिलापत्र भएको थियो । जम्मा ४ सय ५१ मुद्दाको निर्णय हुन बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको ऋण असुली सम्बन्धी मुद्दाहरु छिटो छरितो ढङ्गबाट कारवाही गरी बैंक तथा वित्तीय संस्थाले ऋणीबाट लिनुपर्ने ऋणको साँवा, व्याज रकम असुल उपर गर्ने उद्देश्यले ऋण असुली न्यायाधिकरणको स्थापना भएको थियो ।

मिलापत्र गर्दा दाबी रकमको ०.५० प्रतिशतले हुन आउने रकम मिलापत्र दस्तुर बापत आधा–आधा गरी उजूरवाला र प्रतिवादी दुवैले न्यायाधिकरणमा बुझाउनु पर्ने बैंक तथा वित्तीय संस्थाको ऋण असुली न्यायाधिकरणको दफा २० को २ को उपदफा १ मा उल्लेख गरिएको छ । न्यायाधिकरणमा दर्ता भएका मुद्दाहरू नियमानुसार परिपक्व भएपछि न्यायाधिकरणको इजलासमा दैनिक तथा साप्ताहिकरूपमा मुद्दासम्बन्धी पेशी चढ्ने व्यवस्था छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्