काठमाडौं । अनामनगर स्थित किम्ची फास्टफुडले जनस्वास्थ्यलाई गम्भिर असर पुग्ने काम गरेको छ । किम्चीले बिक्री गरेको खानेपानीमा जिउँदो किरा भेटिएको हो ।
पछिल्लो समय किम्चीले खानेकुराहरुमा समेत गम्भिर खेलबाड गर्न थालेको हो । खानेपानी मात्रै नभई किम्चीले बासी सडेगलेका खानाहरु समेत बिक्री गर्ने गरेको छ ।
महानगरले किम्चीमै आयोजना गरेको कार्यक्रममा सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि वडा नं. ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्वलाएको देखेकी थिइन् ।
यसपछि कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी विक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिइन । त्यसपछि उनी त्याहाँबाट निस्किएकी थिइन् । त्यसपछि कार्यक्रम समेत रोकिएको थियो ।
पानीमा किरा भेटिएपछि किम्ची फाष्टफुडलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्