Shikhar Insurance
National Life

सरकारले प्रतिवद्धताअनुसार काम गरिरहेको छ : गृहमन्त्री लेखक

सिंहदरबार संवाददाता
२०८१ श्रावण २७, आईतवार १६:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले प्रतिवद्धताअनुसारका काम गर्दै गएको दाबी गरेका छन् ।

आईतबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यस वर्ष अत्याधिक वर्षा भइरहेको भएपनि तुलनात्मक रुपमा क्षति कम भएको बताउँद विपद् पूर्वतयारीका कारण क्षति कम भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पूर्वसूचना प्रणालीका कारणले, पूर्वतयारीका कारणले, जनधनका क्षति हामी न्युन हुँदै गएको बताए । उनले आगामी पनि प्रतिवद्धता बमोजिम काम गर्दै जाने प्रतिवद्धता दोहोर्‍याए । रात्री बस चल्न दिने/नदिने बारेमा पनि सरकार छलफलमा रहेको बताए । उनले विकास गर्दा विकासको आधारभुत मापदण्ड अपनाउनुपर्ने बताए ।

उनले भने, ‘अहिले केही प्रतिवद्धताअनुसारका कामहरु हुँदै गएका छन् । अघि नै मान्यज्युहरुले नै भनि सक्नुभयो । यो पालि अत्याधिक वर्षा भएको छ । अत्याधिक वर्षा हुँदा पनि क्षति तुलनात्मक रुपले कम भएको छ । तुलनात्मक रुपले यो भन्दा कम वर्षा हुँदा जुन प्राकृतिक र मनसुनजन्य प्रकोप हुन्थ्यो, त्यो अलि कम किन भएको छ भन्दा हाम्रो पूर्वसूचना प्रणालीका कारणले, पूर्वतयारीका कारणले, जनधनका क्षति हामी न्युन गर्दै गइरहेका छौँ । सिमलतालमा घटना भयो, रात्री बस चल्न नदिए हुन्थ्यो भन्ने पनि विचार आएको छ । यसका बारेमा पनि हामी गम्भीरतापूर्वक छलफल गर्नेछौँ । हामीले विकास गर्दा विकासको आधारभुत मापदण्ड अपनाउनु पर्छ ।’

गृहमन्त्री लेखकले जोखिमपूर्ण स्थानको पहिचान गर्ने र त्यसमा प्रहरी परिचालन गरी समयमै सार्ने कुरामा सरकारले विशेष ध्यान दिइरहेको बताए । उनले यातायात प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्