Shikhar Insurance
National Life

सुबारुको दुई भेरियन्टका गाडी नेपाली बजारमा, कति पर्छ मूल्य ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २७, आईतवार १६:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । विश्वप्रसिद्ध जापानी कार उत्पादक, सुबारुले दुई नयाँ मोडलका गाडीहरु नेपाली बजारमा ल्याएको छ ।

नेपालको लागि सुबारुको आधिकारीक बितरक विजय मोटर्स प्रालिले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी नयाँ मोडलहरु २.० क्रसट्रेक हाइब्रिड आइसाईट र २.५ आउटब्याक द्वरिङ्ग आइसाईटलाई सार्वजनिक गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सार्वजनिक भएका यी दुई भेरियन्टका सवारीसाधनले जापानी कम्पनी सुबारु कर्पोरेशन द्धारा आविश्कार गरिएको पछिल्लो अत्याधुनिक अटोमोबिल प्रविधि, सुरक्षा, दिगोपना र कार्यक्षमतालाई प्रतिनिधित्व गर्दै साहसिक कार सवारीको नयाँ मापदण्ड तय गर्ने बताइएको छ ।

२.० क्रसट्रेक हाइब्रिड आइसाईट

हाईब्रिड प्रविधिमा आधारित २.० क्रसट्रेक हाईब्रिड आइसाईट बाटोमा दौडिरहेको अवस्थामा स्वचालितरुपमा विद्युतीय र इन्धनको उर्जा लिने हुनाले यसलाई अन्य विद्युतीय गाडीजस्तो बाहिरी चार्जिङ्गको आवश्यकता नपर्ने कम्पनीले जनाएको छ ।

दौडिरहेककै अवस्थामा गाडीको ब्याट्री आफै चार्ज हुनेहुनाले यसले सहजता, सुविधा र कार्यकुशलतालाई थप गराएको छ । यसैगरी एक लिटर पेट्रोलमा यो गाडीले १७५ किमिको माइलेज दिने हुनाले यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने विश्वास कम्पनीले लिइएको छ ।

२.५ आउटब्याक द्वरिङ्ग आइसाईट

सुरक्षा, विश्वसनियता र बहुमुखि गुणलाई प्रतिनिधित्व गरेको २।५ आउटब्याक टूरिङ्ग आइसाइट भेरियन्टको गाडी १८८ हर्जपावर इञ्जिन क्षमतामा आएको छ । यसमा दिइएको डुअल एक्स मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सतह जस्ता कठिन बाटोमा पनि सहजै यात्रा गर्न सक्षम बनाउने बताइएको छ ।

जम्मा १० वटा यअरब्याग प्रदान गरिएको यस भेरियण्टमा ब्ल्याइण्ड स्पट मोनिटरिङ्ग र रियर क्रस ट्राफिक अलर्टजस्ता ड्राइभर असिस्टेण्ट प्रणालीले यात्रामा सुरक्षाको प्रत्याभूतीलाई थप गराउनेछ। विशुद्ध जापानी प्रविधिको प्रयोगद्धारा निर्मित यि गाडीहरुले सुवारुको इञ्जिनियरिङ्ग क्षमताको उत्कृष्टता र नवप्रबद्र्धनलाई प्रदर्शित गरेको छ ।

बक्सर इञ्जिन र सिमेट्रिकल अल ह्विल ड्राइभ प्रणालीको लागि अन्तराष्ट्रियरुपमा परिचित सुबारुले सार्वजनिक भएको दुबै नयाँ भेरियण्टका गाडीहरुमा पछिल्लो आइसाइट ड्राइभ असिस्टेन्ट प्रणालीलाई अपनाइएको छ।

विजय मोटर्सको प्रालि प्रबन्ध निर्देशक एनि गार्डनर बैद्यले कम्पनीको नक्सालस्थित सुबारु शोरुममा गाडीहरु बिक्रीवितरणको लागि राखिएको बताउँदै दुबै मोडलका गाडीहरुको सुरुवाती मूल्य १ करोड ६९ लाख भएको जानकारी दिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्