काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना भाइरस विरूद्धको खोप सहयोग गर्ने भएको छ । संयुक्त राज्य अमेरिकाले कोरोना नियन्त्रणका लागि विश्वभर ८ करोड खोप बाँड्न लागेको हो जसमा पहिलो चरणमा साढे २ करोड खोप बाँडिने भएको हो ।
अमेरिकाले एसियाली मुलुकका लागि ७० लाख डोज छुट्याएको छ । सो सूचीमा नेपाल, भारत, बंगलादेशलगायत १६ देशमा छन् । नेपालले कति खोप पाउने टुंगो लागेको छैन ।
प्रधानमन्त्री केपी ओली र पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै अमेरिकाले सहयोग गर्ने निर्णय सराहनीय भएको बताएका छन् ।
We welcome the US decision to provide COVID-19 vaccines to Nepal. Thank you @POTUS, @VP for responding to our appeal for these precious life-saving doses! Nepal and Nepali people remain grateful. This reaffirms the strength of Nepal-US friendship.
— K P Sharma Oli (@kpsharmaoli) June 3, 2021
When Nepal is battling a dreadful wave of the pandemic, what can be a more welcome news than announcement by United States of COVID-19 vaccine support! Thank you @SecBlinken and the American people for this friendly gesture!
— Pradeep Gyawali (@PradeepgyawaliK) June 3, 2021
प्रतिक्रिया दिनुहोस्