काठमाडौं । सेयर बजारमा कारोबार रकमको किर्तिमान छिटो-छिटो तोडिन थालेको छ । गत हप्ता मात्रै बनेको किर्तिमान आइतबार पुन; तोडिएको हो ।
अर्थ मन्त्रीमा विष्णुप्रसाद पौडेल आएपछि बजारको यात्रा निरन्तर उकालो लाग्न थालेको हो । बजारमैत्री मन्त्रीको परिचय बोकेका मन्त्री पौडेलले मन्त्रालय सम्हालेको महिना दिन पनि नपुग्दै बजारले नयाँ नयाँ किर्तिमान राखेको हो । आइतबार पनि बजारले २५ अर्ब ७७ करोडको किर्तिमान राखेको हो । यसघि साउन २२ गते मंगलबार २३ अर्ब ७१ करोड कारोबारको किर्तिमान राखेको थियो ।
आइतबार झण्डै २० वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बजार ९४.५३ अंकले बढेर २८६०.९१ अंक कायम भएको छ । राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई २० बैंक तथा वित्तिय संस्थाबाट लिन पाउने कर्जाको सिमा हटाएपछि बजार निरन्तर उकालो लागिरहेको छ । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि बजारमा लागनीकर्ताहरुकव संख्या बढ्दै गएको छ । सेयर बजारलाई सबै सूचकहरुले साथ दिदा बजार अझै माथी पुग्ने आकलन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्