Shikhar Insurance
National Life

अन्ततः माधव नेपालकै साथमा उभिए बामदेव गौतम पनि

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार २०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष बामदेव गौतम पनि माधव नेपाल समुहमै उभिएका छन् । नेकपा विभाजन भई पुर्व एमाले बनेपछि ओली र नेपाल दुबै पक्षसँग सम्वादमा रहेका उनी कतै खुलेका थिएनन् । बिहिबार भने माधव नेपाल निकट वुद्धिजीवी संगठनको भर्चुअल बैठकमा उपाध्यक्ष गौतमले आफु नेपालसँगै उभिने बताएका हुन् ।

ओलीले दोश्रो पटक प्रतिनिधी सभा विघटन गरेर प्रतिगमन २ गरेको भन्दै उनले ओलीको मतियार बन्न आफु तयार नरहेको बताएका हुन् । उनले माधव नेपाल समुहले नयाँ पार्टी गठन गर्ने हिम्मत गरेमा आफु पनि सहभागी हुने स्पष्ट पारे । ‘माधव कमरेडहरुले आँट गरेर नयाँ पार्टी बनाउनु भयो भने म त्यहि पार्टीमा उहाँहरुकै साथमा रहनेछु’, उपाध्यक्ष गौतमले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्