Shikhar Insurance
National Life

महिला लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्ता ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २७, आईतवार १२:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले गत आवमा ५३१ प्रतिशत नाफा आर्जन गरेको छ । लघुवित्तले आज (आइतबार) सार्वजनिक गरेको गत आव ०८०/०८१ को चौंथो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।

लघुवित्तले गत आव ९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्ष  ०७९/०८० मा १ करोड ४३ लाख नाफा कमाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तको खुद ब्याज आम्दानी २२ करोड ८४ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

२१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष भने २० करोड १० लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दनी ४१.५९ रुपैया छ भने नेर्टवर्थ २२३.७० रुपैयाँ रहेको छ ।

लघुवितको निक्षेप संकलन कर्जा १ अर्ब ५७ करोड पुगेर ४ अर्ब ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

लघुवित्तको संचालन नाफा सञ्चालन नाफा १२ करोड ९२ लाख रुपैयाँ पुगेको छ भने कस्ट अफ फण्ड ९.४१ प्रतिशत रहेको छ । लघुवित्तको खराब कर्जा भने ३.०२ प्रतिशत छ ।

महिला लघुवित्तको सिडी रेसिओ १०९.१३ प्रतिशत पुगेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्