काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेकोे छ । नेपाल स्टक एक्सचन्ज(नेप्से) परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ अंकमा पुगेको हो । आज सेयर कारोबार रकमले भने नयाँ रेकर्ड राखेको छ ।
आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता कारोबार हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँ कारोेबार भएको छ ।
आज सेयर बजारमा बढेपनि केही कम्पनीको सेयर भने घटेको छ । आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सिचिजन्स सुपर ३० म्युचुअल फण्ड, युनिलिभर नेपाल, आइसीएफसी फाइनान्स डिभेन्चर, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमसहित ४५ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्