काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको होे ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन(शुक्रबार) छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदी १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो । चाँदी १० रुपैयाँले घटेकाे हाे ।
प्रतिक्रिया दिनुहोस्