काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले साधारण सभा आह्वान गरको छ । कम्पनीका साउन १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार भदौ १७ गते एटिक मिटिङ्ग हल, ज्ञानेश्वर (जर्मन एम्बेसी नजिक), काठमाडौंमा बस्ने गरी सभा आह्वान गरेको हो ।
सभामा आव २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको कम्पनीको वासलात र २०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेका छ ।
संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले हुन आउने ३ करोड १० लाख नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने सभाको एजेण्डा रेहको कम्पनीले जनाएको छ । साथै, सभामा आव २०८१र८२ को लागि लेखापरीक्षण समितिको सिप लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गरी कम्पनीको नियमावली अनुसार गरिएको सञ्चालक नियुक्ति अनुमोदन गर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।
साथै, सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम संचालकहरुको बैठक भत्ता वृद्धि गर्नेबारे समेत छलफल गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्