Shikhar Insurance
National Life

आइतबारको मौसम-कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने, उच्च सतर्कता अनपनाउनु पर्ने

सिंहदरबार संवाददाता
२०८१ श्रावण २७, आईतवार ०८:३४
Hyundai
NCELL
NIMB

काठमाडौँ । आइतबार कोशी मधेस गण्डकी र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा भारी वर्षा हुने भएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले ती स्थानमा वर्षा हुने जनाएको हो ।

आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका   एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना  छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार राति  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ भने कोशी, बागमती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा  भारी वर्षा हुनसक्ने जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्