Shikhar Insurance
National Life

सहकारी छानबिन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउँछ : सभापति थापा

सिंहदरबार संवाददाता
२०८१ श्रावण २५, शुक्रबार १८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले समय अवधिभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

शुक्रबार समिति सभापति सूर्यबहादुर थापाले बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिले सहकारीको छानविनका लागि निरन्तर काम गरिरहेको भन्दै समयमा नै सम्पन्न गर्ने जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले समितिले अहिले सहकारीका सञ्चालक तथा अध्यक्षहरुलाई बोलाएर सोधपुछ गरिरहेको बताउँदै कारागारमा रहेकाहरुलाई गृह मन्त्रालयको समन्वयमा समितिको बैठकमा नै ल्याएर लिखित बयान लिइरहेको बताए । उनले समितिले सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएपनि पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई पत्रचार गरेको बताए ।

उनले सरकारबाट केही जानकारी नआएको बताए । उनले २१ जना विदेशमा रहेका सहकारी वचत अपचलन गरेको आरोपमा छानविनका लागि जरुरी रहेकाले जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानविनको लागी ल्याउन सरकारसँग आग्रह गरेको बताए । उनले समितिले आगामी एक गतेसम्म सहकारीका सञ्चालक तथा अध्यक्षहरुसँग बयान लिने कार्य सक्ने योजना रहेको बताए ।

उनले कारागारमा करिव ३ सय जना रहेकाले सबैलाई सोधपुछ गर्न सम्भव नभएको भन्दै प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्नेगरी नामावली तयार गरेर सोधपुछको काम भइरहेको बताए । उनले समितिले प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको बताए ।

उनले भने, ‘सहकारी ठगेर विदेशतिर भागेका १८ जनालाई नेपाल ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छौं । तर पछि थप गरेर २१ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई पत्रचार गरेका छौं । सरकारबाट केही जानकारी आएको छैन । २१ जना विदेशमा रहेका सहकारी बचत अपचलन गरेको आरोपमा छानविनका लागि जरुरी छन् । जुनसुकै देशमा भएपनि समितिले समयमा नै छानविनको लागी ल्याउन अनुरोध गरेको छ । कारागारमा रहेका व्यक्तिहरु दुईथरी छन् । गार्खा मिडियाको सञ्चालक समितिका पनि रहेका छन् । विभिन्न सहकारीका सञ्चालक समिति,अध्यक्ष लगायत धेरै व्यक्तिहरु रहेका छन् । करिब ३०० व्यक्ति छन् ।’

उनले भने, ‘सबैलाई सोधपुछ गर्न सम्भाव हुँदैन । प्रतिनिधि मुलुक रुपमा अर्बौं रुपैयाँ अपचलन भएका सहकारीका अध्यक्ष र सञ्चालकलाई सोधपुछ गर्ने नामवली तयार गरेर आवश्यक समन्वयको लागि पठाएका छौं । समितिले कारागारमा गएर सोधपुछ गर्न प्राविधिक कुराहरु मिलाउनु पर्ने हुन्छ । समितिमा ल्याउने प्रवन्ध मिलाइएको छ । सोधपुछको काम १ गतेसम्म सकिन्छ । प्रतिवेदनको मस्यौदाको काम पनि अगाडि बढाएको छ । सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार हुने र त्यसलाई समयमा नै सम्पन्न गर्ने गरी काम गरिरहेका छौं । गोर्खा मिडिया प्रा।लीका तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाउँछौँ ।’

उनले सोधपुछ र वित्तीय विश्लेषणको कामसँगै भएको भइरहेको भन्दै सबै प्रक्रियाका आधारमा समितिको प्रतिवेदन तयार पार्ने भएकाले समयमा नै सम्पन्न गर्ने योजना रहेको बताए । उनले गोर्खा मिडिया प्रा।लि।का तत्कालीन अध्यक्षसहित पदाधिकारीसँग सोधपुछ गर्ने उल्लेख भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि समितिमा बोलाएर बयान लिने जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्