काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् । उनले तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
घिसिङले अहिलेसम्म प्राप्त उलब्धीलाई संस्थागत गर्नु पहिलो चुनौती र उत्पादीत विद्युतको बजार व्यवस्थापन दोस्रो चुनौती रहेको बताए ।उनले प्राधिकरणमा आइपर्ने विभिन्न चुनौँतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकहरुलाई नियमित विद्युत प्रवाह गर्ने प्रतिबद्ध गरे ।
त्यसैगरी, उनले नेपालको प्रणाली र छिमेकी देशहरुको प्रणालीहरुलाई हेर्दा आगामी दिनहरुमा पम्प स्टारेज प्रोजेक्टहरु महत्त्व रहेको बताए । प्राधिकरणको सेवा अझ प्रभावकारी बनाउँन, प्रणालीलाई स्वचालित बनाउँन, गुणस्तरीय विद्युत सुनिश्चित गर्न संस्थालाई डिजिटलाईजेशन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै निर्देशक घिसिङले स्मार्ट न्युटर्न, स्काडा, ईआरपी प्रणाली सिस्टम लागु गर्न आवश्यक कार्य अगाडि बढाएको बताए ।
प्रतिक्रिया दिनुहोस्