Shikhar Insurance
National Life

६० प्रतिशतले बढ्यो मिथिला लघुवित्तको नाफा, ईपीएस कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २५, शुक्रबार १५:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आव ६०.८५  प्रतिशन नाफा आर्जन गरेको छ । लघुवित्तले आज (शुक्रबार) सार्वजनिक गरेको गत आव ०८०/०८१ को चौंथो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।

लघुवित्तले आर्जन गरेको यो नाफा आर्थिक वर्ष ०७९/०८० मा उत्साहजनक उपलव्धी देखिएको छ । गत आव लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ आर्जन गर्दा अघिल्लो आवमा लघुवित्तको नाफा जम्मा २ करोड ९५ लाख रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लघुवित्तको खुद ब्याज आम्दानी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९ लाख ४४ लाख रुपैयाँ रहेको थियो ।

चुक्ता पूँजी १९ करोड ९६ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष भने १२ करोड ७८ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दनी २४.२६ रुपैया छ भने नेर्टवर्थ १६५.२२ रुपैयाँ रहेको छ ।

यसैगरी कम्पनीको संचालन मुनाफा ५ करोड ९३ लाख रहको छ भने कस्ट अफ फण्ड ९.३५ प्रतिशत रहेको छ । लघुवित्तको खराब कर्जा भने ३.३९ प्रतिशत छ भने प्रतिसेयर सम्पति १ हजार ५५३.८४ रहेको छ ।

मिथिला लघुवित्तको सिडी रेसिओ २६४.२२ प्रतिशत पुगेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्