काठमाडौं । एनआईसी एशिया लघुवित्तले गत आव १२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले आज (शुक्रबार) सार्वजनिक गरेको गत आव ०८०/०८१ को चौंथो त्रैमासिक वित्तीय विवरणकाे नाफामा गिरावट देखिएको हो ।
लघुवित्तले आर्जन गरेको यो नाफा आर्थिक वर्ष ०७९/०८० मा निकै कम हो । सो आवमा लघुवित्तले १८ करोड ९२ लाख रुपैयाँ नाफा गरेको थियो । एनआईसी एशिया लघुवित्तको नाफामा ३२.८२ प्रतिशतले गिरावट आएको छ । लघुवित्तको अन्य सुचकहरुमा पनि गिरावट नै रहेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी ९५ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो बर्ष सोहि अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १ लाख ८ करोड रुपैयाँ रहेको थियो ।
चुक्ता पूँजी १ अर्ब ७३ करोड रहेको लघुवित्तको जगेडा कोष ७५ करोड १६ लाख रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दनी ७.३१ रुपैया छ भने नेर्टवर्थ १६८.१९ रुपैयाँ रहेको छ । यसैगरी कम्पनीकाे वितरणयोग्य नाफा ४३ करोड ६० लाख ३७ हजारु रुपयाँ ऋणात्मक रहेको छ । लघुवित्तको खराब कर्जा भने ९.९२ प्रतिशत पुगेकाे छ ।
प्रतिक्रिया दिनुहोस्