Shikhar Insurance
National Life

प्राधिकरणकाे ४७ अर्ब सञ्चित नाफा कुनै डेडिकेटेड र ट्रंक लाइनको बिलबाट भएको हैन : घिसिङ

सिंहदरबार संवाददाता
२०८१ श्रावण २५, शुक्रबार १४:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले विगत ८ वर्षमा गरेको सञ्चित नाफा कुनै डेडिकेटेड र ट्रंक लाइनको बिलबाट नभएको बताएका छन् । उनले तीन वर्ष पुरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

उनले विवादित डेडिकेटेड र ट्रंक लाइनको बिल नाफामा जोड्यो भनेर हल्ला गरेकोमा आफुलाई दु:ख लागेको गुनासो व्यक्त गर्दै भने, ‘८ वर्षअघि करिब ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा गएको छ । समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ । तर यो विद्युत् महसुल वृद्धि गरेर र कुनै डेडिकेटेड र ट्रंक लाइनको बिल जोडेर भएको होइन ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

डेडिकेटेड र ट्रंक लाइनको केही बिलको अंश परेपनि अरु नाफा व्यवसाय विस्तारबाटै भएको दाबी गर्दै उनले भने, ‘यो सबै हिसाब महालेखा परीक्षकले गरेको अडिटबाट आएको हो । यसलाई कसरी गलत भन्ने ? गएका वर्षमा ३-३ पटक गरी विद्युत् महसुल २५ प्रतिशतले घटाइए पनि प्राधिकरणको नाफा बढेको छ ।’

यसैगरी, विद्युतीय सवारीको प्रयोगका लागि प्रोत्साहन गर्नेगरी विद्युतीय सवारी चार्जिङ शुल्कमा समेत सहुलियत दिएको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्