Shikhar Insurance
National Life

अब देश छिट्टै पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा हुने : निर्देशक घिसिङ

सिंहदरबार संवाददाता
२०८१ श्रावण २५, शुक्रबार १४:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब देश छिट्टै पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा हुने बताएका छन् । उनले तीन वर्ष कार्यकाल पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

विद्युत आपूर्ति प्रणालीमा आएको समस्यालाई सम्बोधन गर्न र उपभोगताहरुलाई गुणस्तरिय विद्युत आपूर्तिका लागि पूर्वाधार विस्तार गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको बताउँदै उनले अब देश छिट्टै पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा हुने दाबी गरे । सम्मेलनमा बोल्दै उनले आफूले हरेक नागरिकको घरमा विद्युत पुर्याउँन विद्युतिकरण, उत्पादन तर्फका ठुला जलविद्युत आयोजना, अतिरिक्त विद्युत निर्यातलाई उच्च प्राथमिकतामा राखि काम गर्दै आइरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘प्राधिकरण बस्ती बस्तीमा मात्र हैन उद्योग व्यासायी र करकारखानाहरुमा विद्युत पुर्याउँन आन्तरि खपत बढाई देशलाई समृद्ध बनाउँने अभियानमा सफल भएको छ । देशमा निरन्तर विद्युत आपूर्ती हुदाँ विद्युतीय सवारी साधनको प्रयोग पनि बढेको छ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्