Shikhar Insurance
National Life

प्युठानको बिजुवारमा प्रभु बैंकको नयाँ शाखा सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ श्रावण २५, शुक्रबार १३:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेडले ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले प्युठान नगरपालिका, वडा नं.४ प्युठान स्थित बिजुवारमा नयाँ शाखा खोली साउन २५ गतदेखि कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेको हो । प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बैंकले जनाएको छ । बैंकको बिजुवार शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्