काठमाडौं । सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ‘सन्राइज फस्र्ट म्युचल फण्ड’ र ‘सन्राइज फोकस्ड इक्विटी फण्ड’ ले इकाईधनीहरुलाई प्रतिफल(लाभांश) वितरण गर्ने भएको छ ।
योजना व्यवस्थापकको साउन २४ गते बसेको सञ्चालक समितिको बैठक निर्णय अनुसार ‘सन्राइज फस्र्ट म्युचल फण्ड’ र ‘सन्राइज फोकस्ड इक्विटी फण्ड’ ले आर्थिक वर्ष २०८०/८१ को लागि प्रतिफल वितरण गर्ने भएको हो ।
‘सन्राइज फस्र्ट म्युचल फण्ड’ ले इकाईधनीहरुलाई कर सहित १२.५ प्रतिशत प्रतिफल र ‘सन्राइज फोकस्ड इक्विटी फण्ड’ ले ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।
यी दुई फण्डको कोष प्रवद्र्धक लक्ष्मी सन्राइज बैंक लिमिटेड तथा योजना व्यवस्थापक तथा डिपोजिटरी लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्