काठमाडौं । नागरिक लगानी कोष लिमिटेडको गत आवको नाफा १ अर्ब १० करोड रहेको छ । गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कोषले सार्वजनिक गरेको गत आव २०८०/०८१ को नाफामा गिरावट देखिएके हो ।
कोषले अघिल्लो आथिक वर्ष ०७९/८० मा १ अर्ब २२ करोड नाफा आर्जन गरेको थियो । कोषको नाफामा गत आव ९.८३ प्रतिशतले कम देखिएको हो ।
गत आव कोषको खुद ब्याज आम्दानी ४४ करोड २५ लाख रुपैयाँ रहेको छ । चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको कोषको जगेडा कोष भने १८ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
कोषको प्रतिसेयर आम्दानी २०.७५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७१.४५ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्