काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लो दिन ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज १५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ७ सय ४० रुवपैयाँमा किनबेच भइरहेको छ । चाँदी बिहिबार चाँदी १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्