Shikhar Insurance
National Life

लेखा समितिलाई विद्युत प्राधिकरणले बुझायो, ५० हजार पेजभन्दा धेरै विद्युतको बिल

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १७:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत प्राधिकरणले संसदको लेखा समितिलाई ५० हजार पृष्ठ भन्दा धेरै प्रमाण पेश गरेको छ । प्राधिकरणले २० पोका भन्दा धेरै प्रमाण समितिलाई बुझाएको हो ।

ट्रंक तथा डेडिकेट विद्युत महसुल विवदमा संसदकोलेखा समितिले अध्ययन सुरु गरेपछि यो विषय उत्कर्षमा छ । समितिले केहि दिनअघि प्राधिकरणसँग पाँच दिनभित्र सबै प्रमाण पेश गर्न निर्देशन दिएको थियो । सोहि निर्देशन अनुसार प्राधिकरणले बिहिबार प्रमाण पेश गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

९ वर्ष अघि देखीको ट्रंक र डेडिकेट विद्युत महसुल विवादले अहिले उग्र रुप लिएको छ । केहि समय अघि मात्रै केहि उद्योगहरुमा विद्युत कटौति गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्राधिकरणका कार्याकारी निर्देशक आमने सामने-सामने भएका थिए ।

यो विवाद उद्योगी प्राधिकरण सरकार हुँदै संसदमा समेत प्रवेश गरेपछि गरेपछि विवाद चर्किएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्