Shikhar Insurance
National Life

अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्छ : महामन्त्री थापा

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १७:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्ने प्रश्ताव गरेका छन् । बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रश्ताव अघि सारेका हुन् ।

उनले अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानूनी प्रवन्ध गर्नुपर्ने बताए । उनले राष्ट्रिय शतर्कता केन्द्रलाई थप सशक्त बनाएर सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेर अनुचित कार्य हेर्ने जिम्मा दिन सकिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरु मिलेमतोमा मात्रै भएको भन्दै मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचालाई बनाइएको बताए । उनले कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुट्याउन आवश्यक रहेको जानकारी गरे ।

उनले भ्रष्टाचार जताततै रहेको भन्दै नियमनकारी निकायले सबैतिरको भ्रष्टाचार रोक्छ भन्ने सोच्न नहुने बताए । उनले नियमनकारी निकायहरु मिलिजुली भागबण्डामा बनाएकाले पनि भ्रष्टाचार रोक्न नसकिएको बताए । महामन्त्री थापाले सरकार मिलिजुली बनेको झैँ भ्रष्टाचारका काण्डहरु मिलेमतो भएर मात्रै सम्भव हुने जिकिर गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्