Shikhar Insurance
National Life

गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याउनुभयो : पूर्वमन्त्री पुन

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १७:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्र बैंकका गभर्नरले आफूसँग वैचारिक निकटता मिल्ने प्रधानमन्त्री र अर्थमन्त्री आएकाले मौद्रिक नीति खुकुलो ल्याएको  बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।

गभर्नरले विगतमा शेरबहादुर देउवा र पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई गभर्नरले साथ नदिएको उनले बताए । उनले अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएकाले गभर्नरले खुकुलो मौद्रिक नीति ल्याएको दाबी गरे । उनले भन्ने मान्छेको मुख थुन्न नसकिने भएपनि बाहिर बसेर हेर्दा कहीँ न कहीँ गभर्नरको भुमिका त्यही देखिएको जानकारी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले धितोपत्र बजार बढ्नु राम्रो भएपनि पहिले नै सुधारका नीति लिन राष्ट्र बैंकले ढिला गरेको बताए । उनले सेयर धितो कर्जाको सीमा पहिले नै हटाउनुपर्ने भएपनि अहिले मौद्रिक नीतिमार्फत हटाउनु राम्रो भएको बताए ।

उनले पुँजी बजारको सन्दर्भमा पारदर्शी कारोबार र व्यवस्थापनका लागि तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने जानकारी गरे । उनले पूर्वअर्थमन्त्री डा.महत र आफ्नो कार्यकाल अध्यक्ष नियुक्त नगर्दा सकिएको भन्दै अहिलेको अर्थमन्त्रीले पनि सक्ने/नसक्ने हेर्न बाँकी रहेको बताए । उनी वर्तमान सरकारले धितोपत्र बोर्डको अध्यक्ष कुनै चलखेल र बद्मासी विना उपयुक्त गर्नुपर्ने बताए ।

उनले बोर्ड अध्यक्षमा योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने पक्षमा आफूहरु रहेको उल्लेख गरे । पूर्वअर्थमन्त्री पुनले धितोपत्र बोर्ड रोकिरहेको आईपीओ तत्काल खोल्न पनि आग्रह गरे । उनले आईपीओ रोकिराख्नु राम्रो नभएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गरी आईपीओ नरोक्न आग्रह गरे ।

उनले यो वर्ष वित्त र मौद्रिक नीतिको तालमेल मिल्दा सेयर बजार सकारात्मक बनेको बताए । उनले वित्त नीति बनाउँदा नेपाल राष्ट्र बैंकका गभर्नरलाई समेतसँगै राखेरै मौद्रिक नीतिमा सहज हुनेगरी व्यवस्था गर्न सुल्झाएको स्मरण गरे ।

उनले सेयर बजार सकारात्मक बन्नु राम्रो पक्ष भएको भन्दै सबै खुशी हुनुपर्ने जानकारी गरे । तर कतिपय कम्पनीको सेयर मूल्य अस्वाभाविक देखिएकाले लगानीकर्ता र आम नागरिकको पैसा डुब्ने खतरा भएकाले नियामक निकायले अस्वाभाविक मूल्य देखिएका कम्पनी वा कारोबारका विषयमा अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्