Shikhar Insurance
National Life

सेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत : पूर्वअर्थमन्त्री महत

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १७:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । पुर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारले अर्थतन्त्र धानेको छ भन्नु गलत भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले आफू अर्थमन्त्री भएको बेलामा धितोपत्र बोर्डले नेप्सेमा भित्रका सूचना लिएर (इन्साइडर ट्रेडिङ) हुने गरेको बोर्डले जानकारी दिएको बताए । उनले नेप्सेमा लिष्टेड भएका कम्पनीका मान्छे नेप्सेको कर्मचारी रहेको उनीहरुसँगकै सूचनाका आधारमा बजारमा इन्साइडर ट्रेडिङ कारोबार हुने गरेको धितोपत्र बोर्डकै अध्ययनबाट देखिएको बताए । उनले धिातोपत्र बोर्डको अध्ययनले त्यस्तो अपारदर्शी कारोबार भएकाले देखाएकाले नियमक निकायका हैसियतमा तत्काल नियमन गर्नुपर्ने बताए । उनले यस्तो कारोबारमा बोर्डले हस्तक्षेप र निगरानी गर्न जरुरी रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डा महतले आफू अर्थमन्त्री भएको समयमा यस्तो थाहा पाएको र छानबिन समिति बनाएर काम गरेको तर पछि सरकार फेरिए पछि अन्योल रहेको भन्दै नियमन गर्न बोर्डलाई आग्रह गरे । उनले पुँजी बजारले अर्थतन्त्र धान्नु भन्दा पनि कतैकतै चलखेल हुने गरेको बताउँदै अहिले बनेको सरकारका कारण पनि बजार बढेको भन्दै यसलाई स्थायी बनाईराख्न चुनौतिपूर्ण रहेको बताए । उनले बोर्डमा स्थायी अध्यक्ष बन्ने प्रकृया अघि बढेपनि अहिले रोकिनु राम्रो नभएको बताए ।

उनले भने, ‘आम जनता र लगानीकर्ताको विषयमा आफूले बुझे जानेसम्म सुसुचित र खबदारी गर्ने काम हो । सांसद र सेयर बजार बुझेको नाताले पनि मैले शेयर बजार बढ्यो,बढ्न हुँदैन थियो भनेर मैले भनेको छैन । अरुले के भने अरुले नै उत्तर दिन्छन् । मैले केही संस्थाहरुको शेयर मूल्य वृद्धि भएको छ । त्यो स्वभाविक देखिएको छैन । त्यसैले लगानीकर्ताहरुले होसियारी पूर्वक सम्बन्धित संस्थाहरुको आधार के होरु त्यसले कस्ता प्रतिफल दिइरहेको छ । दीर्घकालमा त्यसको सस्टेन हुने आधारहरु के छन् । त्यसलाई मध्येनजर राखेर लगानीकर्ताहरुले पनि लगानी गर्नुपर्छ ।’

‘आम लगानीकर्ताको पुँजी फस्नुहुँदैन भनेर मैले भनेको हो । यो भन्दा कतिपयको विज्ञप्ति नै आएछ । मैले नियमक निकायले पनि सुष्मकोणबाट नियमन गरोस् । त्यहाँको सूचनाहरु लिएर बजारलाई म्यानुपुलेट गर्ने प्रवृतिहरु पनि सक्रिया हुँदैनन् भन्ने छैन । लगानीकर्ताहरुले पनि राम्रोसँग ध्यान दिएर लगानी गर्नुपर्छ । मैले आम लगानीकर्ताहरु कै हितमा बोलेको हो । नेप्से भित्र इन्साइडर ट्रेडिङ भन्ने शब्दावली भन्ने शब्द प्रयोग गरिन्छ । बोर्डले हस्तक्षेप र निगरानी गर्नुपर्छ । शेयर बजारले नै मुलुकको अर्थतन्त्र हाकेको भन्ने होइन । शेयर बजारमा लिष्टेड भएका कम्पनीहरुको हिस्सा महत्त्वपूर्ण हो । त्यसले मुलुकको अर्थतन्त्र कता जाँदैछ भन्ने इन्डिकेटर गर्छ’ उनले भने ।

उनले पुँजी बजारलाई लिएर आफूप्रति नकारात्मक धारणा नराखेको बताए । उनले शेयर बजार व्यवस्थित र मर्यादित हुनुपर्छ भनेकोमा आफू विरुद्ध स्टेटमेण्ट नै जारी भएको बताउँदै आफूले सेयर बजार बढ्यो,बढ्नु हुँदैन नभनेको बताए । उनले संसद्मा कुनै कम्पनी संस्थाको पक्ष वा विपक्षमा नभई आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गरेको बताए ।

उनले केही कम्पनीहरूको सेयर अस्वाभाविक बढेकाले यसको वास्तविकता के हो र कम्पनीको वित्तीय स्थिति के छ भन्ने हेरेर लगानी गर्न आवश्यक रहेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्