काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ६.७० अंकले बढेर २७६६.३८ अंकले बढेको हो ।
आज ३२२ कम्पनीको ५ करोड ९ लाख ४६ हजार ८ सय ३२ कित्ता सेयर किनबेच हुँदा २० अर्ब ७ करोड ४ लाख ३४ हजार १०३ रुपैयाँ कारोबार भएको छ ।
आज ७ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । त्यसैगरी, विशाल बजार कम्पनीको ९.४९ प्रतिशत, मन्डकीनि हाइड्रोपावरको ९.३० प्रतिशत, नेपाल इन्फ्रास्टक्चर बैंककोे ८.९९ प्रतिशत सहित ११३ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्