Shikhar Insurance
National Life

काठमाडौंमा प्रतिबोतल पानीको १६ र प्रतिजार ४७ रुपैयाँ भन्दा बढी लिन नपाइने

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार १४:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानीको मूल्य जथाभावी नलिन वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले चेतावनी दिएको छ ।

काठमाडौं उपत्यकामा विक्री हुने जारको पानी (२० लि.) प्रति गोटा को अधिकतम खुद्रा विक्री मूल्य रू. ४७/- र बोटल (१ लि.) प्रति गोटा को अधिकतम खुद्रा विक्री मूल्य रू. १६/- रहेको विभागले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ३ दफा ७ बमोजिम उत्पादकले उत्पादन तथा वितरण गर्ने वस्तु वा सेवाको मूल्य प्रचलित कानूनको अधिनमा रही तय गर्नु पर्नेछ । कम्पनीहरुले उत्पादन, संकलन, प्रशोधन तथा वितरणको लागि लाग्ने वास्तविक लागत, कर र आवश्यक मुनाफा राखी अधिकतम खुद्रा बिक्री मूल्य तोक्ने कानूनी व्यवस्था छ ।

विभिन्न पानी उत्पादकहरूले होटल / रेष्टुरेण्ड / व्यवसायिक फर्मसंग सम्झौता गरी उही प्रकारका गुणस्तर, नापतौल, परिमाणको पानीमा फरक-फरक एमआरपी लगाई बजारमा पठाउने गरेको विभागले जनाएको छ ।

यसरी मनपरी मूल्य लिनु उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६(२) ग(१) बमोजिम निषेधित कार्य भित्र रहेकोले उक्त कार्य नगर्न नगराउन विभागले भनेको हो । कम्पनीहरुले व्यवस्था पालना नभएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी विभागले दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्