Shikhar Insurance
National Life

प्रवासी नेपालीद्वारा स्वास्थ्य उपकरण प्रदान

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २०, बिहीबार १६:१०
Hyundai
NCELL
NIMB

एजेन्सी । बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् ।

ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान अक्सियोथेरापी, पाँच सिपिएसी र १० थान हुमिडीफायर हस्तान्तरण गरेको उक्त दूतावासले आज जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस अवसरमा राजदूत मिश्रले कोरोना महामारीविरुद्धको मातृभूमिको लडाइँमा सहायता गरेकामा प्रवासी नेपालीप्रति कृतज्ञता ज्ञापन गरेका छन् । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्