Shikhar Insurance
National Life

मर्जर प्रक्रिया अगाडि बढाउँन मानुषी लघुवित्तले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार ११:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थाको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार भदौ ७ गते भक्तपुर, पलाँसेस्थित होटल प्यालिसेड रिसोर्टमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा मर्जर सम्बन्धी छलफल हुने संस्थाले जाएको छ । मर्जर र प्राप्ति प्रक्रिया अगाडि बढाउँन आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त सुझावका आधारमा अगाडि बढ्ने र त्यसको संशोधन तथा परिमार्जन गर्न निर्देशन भएमा सञ्चालक समितिले सोहीबमोजिम गर्न गराउन पनि सभाले अख्तियारी प्रदान गर्नेछ।

विशेष साधारणसभा प्रयोजनार्थ संस्थाले साउन ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, अघिल्लो दिन साउन ३० गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन पाउने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्