काठमाडौं । लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड -२ ले नगद लाभांश वितरण गर्न बुक क्लोज मिति तय गरेको छ । लक्ष्मी सनराइज क्यापिटलले बिहिबार एक सूचनामार्फत यी दुई फन्डको बुक क्लोज मिति तय भएको जानकारी दिएको हो ।
लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ ले नगद लाभांश वितरण गर्न साउन ३१ गते बुक क्लोज गर्नेछ । साउन ३० गतेसम्म नेप्से कारोबारमा कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउने फन्डले जनाएको छ ।
लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट क्रमश: ७.५० प्रतिशत र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्