काठमाडौं । बिहिबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेको सुनको मूल्य आज ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४६ हजार ३ सय रुपैयाँ रहेको थियो ।
यस्तै, बिहिबार चाँदी २० रुपैयाँले घटेर १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्