Shikhar Insurance
National Life

‘बुलिस’ बजारबारे धितोपत्र बोर्डसँग आज छलफल गर्दै अर्थ समिति, चिन्ता के को ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण २४, बिहीबार ०७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारबारे संसदको चासो बढ्न थालेको छ । केहि दिन अघि डा. अमरेश कुमार सिंह र डा.प्रकाश शरण महतले सेयर बजारबारे अभिव्यक्ति दिएपछि संसदीय समितिले नै सेयर बजारबारे सक्रियता देखाएको छ । प्रतिनिधी सभाको अर्थ समितिले बिहिबार अर्थात आज ११ बजे नेपाल धितोपत्र बोर्डलाई पुँजी बजारबारे छलफल गर्न समिति बैठकमा डाकेको छ ।

पछिल्लो केहि दिनदेखि सेयर बजारका लगानीकर्ताहरुमा व्यापक उत्साह देखिन्छ । सेयर बजारमा ऐतिहासिक उछाल आईरहेको छ । एकै दिन सर्वाधिक कारोबारको रेकर्ड समेत बनिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद अमरेश कुमार सिंहले केहि कम्पनीहरुको नामै लिएर कृतिम मूल्य बढाईएको बिषय संसदमा उठाएपछि मंगलबार सेयर बजारमा १४५ अंकको गिरावट आएको थियो । तर कारोबार रकममा भने २३ अर्ब ७१ रकम पुगेर नयाँ इतिहास रचेको थियो ।

फेरि बुधबार बजारमा १०८ अंकको सुधार आईसकेको छ ।

अर्थतन्त्रका बाह्य सूचकहरु सबल रहेको, आन्तरिक सूचकहरुमा माग पक्ष कमजोर बनेको समयमा नेपाल राष्ट्र बैंकले सेयर बजार र घरजग्गा कारोबारलाई प्रोत्साहन दिने गरि मौद्रिक नीति जारी गरिदिएको छ ।

सेयर धितो कर्जामा संस्थागत लगानीकर्ताहरुका लागि तोकिएको २० करोड रुपैयाँको ऋण सिमा हटाएसँगै बजारमा उत्साह देखिन थालेको छ । नेप्से परिसूचक २७५९ अंक नाघिसकेको छ ।

सेयर बजारमा व्यापक मात्रामा उत्साह देखिन थालेपछि त्यसलाई बुलिस मार्केट समेत भन्न थालिएको छ । अर्थ समितिले ‘नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल’ गर्न धितोपत्र बोर्डको नेतृत्वलाई बोलाएको हो ।

बोर्डमा अहिले संसोधित कानुन अनुसार तदर्थ नेतृत्वका रुपमा भन्सारका सहसचिव महेश बरालले सम्हालिरहेका छन् ।

लामो समयदेखि सार्वजनिक निष्काशन र बजार सुधारका कामहरु अवरुद्ध छन् भने सेयर बजारमा हुन सक्ने चलखेलहरु समेत रोक्न बोर्ड नेतृत्व असफल जस्तै देखिँदै आएको छ । बोर्डमा नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सर्वाेच्च अदालतमा पुगेर अड्किएको छ ।

अर्थ समितिमा तीन जना पूर्व अर्थ मन्त्रीहरु क्रमश: ज्ञानेन्द्र बहादुर कार्की, बर्षमान पुन डा. प्रकाश शरण महत सदस्य छन् । त्यस्तै, नेपालका एक मात्रै घोषित डलर अर्बपति बिनोद चौधरी, अर्थशास्त्री डा. स्वर्णिम वााग्ले पनि अर्थ समितिकै सदस्य छन् ।

भाइरल सांसदहरु ज्ञानेन्द्र शाही र मेटमणी चौधरी पनि अर्थ समितिमै छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्