काठमाडौं । बुधबार सेयर बजारमा उछाल आएको छ । मंगलबार भारि गिरावट देखिएको बजार आज उछाल आएको हो ।
नियामक निकायले समेत विस्तारै सेयर बजार सम्बन्धी लचिलो नीति ल्याएका हुनाले बजार उकालो यात्रातर्फ लागेकाे छ ।
बुधबार कारोबार रकममा भने गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १०८.३५ अंकले बढेर २७५९.६७ मा पुगेको हो ।
बुधबार ३३० कम्पनीको ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ९६ करोड ९ लाख १८ हजार ६ सय २७ रुपैयाँ कारोबार भएको छ । बुधबार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यस्तै, आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ अर्ब ५३ करोड ५३ लाख ६० हजार ४ सय ७३ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ९ सय ३३ रुपैयाँ ९० पैसा रहेको छ ।
त्यस्तैगरी, आज ११ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने एनआइसी एशिया डिभेन्चरको सेयरमा ३.८२ प्रतिशतले गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्