Shikhar Insurance
National Life

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा ६९ करोड ७४ लाख, वितरणयोग्य नाफा साढे ३८ करोड

सिंहदरबार संवाददाता
२०८१ श्रावण २३, बुधबार १३:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आवमा ६९ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आव २०८०/८१ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार सो मात्रामा खुद नाफा आर्जन गरेको हो ।

बैंकले आव २०७९/८० मा ७५ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा यो वर्ष बैंकको खुद नाफामा ८.६८ प्रतिशतले गिरावट आएको हो । बैंकको कर्जा ५२ अर्ब १७ करोड रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको वितरणयोग्य नाफा ३८ करोड ४२ लाख रुपैयाँ रहेको छ भने गत वर्ष बैंकको वितरणयोग्य नाफा ४७ करोड ४२ लाख रहेको थियो । बैंकले गत आर्थिक वर्षमा २ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्दा ६५ अर्ब ९४ करोड निक्षेप संकलन गरेको छ । बैंकको खराब कर्जा ३.४३ प्रतिशत रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड रुपैयाँ रहेको छ भने १ अर्ब ७६ करोड रुपैयाँ जगेडा कोषमा जम्मा रहेको छ । बैंकको प्रति सेयर आम्दानी १४.७३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ १ सय ४५.४३ रुपैयाँ रहेको छ । त्यसैगरी बैंकको स्प्रेड दर ४.३६ प्रतिशत रहँदा वेस रेट ८.३२ प्रतिशत र पीई २७.४९ प्रतिशत रहेको छ ।

बैंकको कस्ट अफ फण्ड ६.५६ प्रतिशत रहँदा सीडी रेसियो भने ८२.०५ प्रतिशत पुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्