Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५२ करोड बढी, यस्ता छन् अन्य सूचक

सिंहदरबार संवाददाता
२०८१ श्रावण २३, बुधबार १२:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ५२ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आव २०८०/८१ को चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार सो मात्रामा नाफा आर्जन गरेको हो ।

बैंकले आव २०७९/८० मा २७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले आफ्नो नाफा  ९२.३८ प्रतिशतले बढाउन सफल भएको हो । बैंकले ५४ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंककाे ४१ अर्ब ९९ करोड कर्जा रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । २०७९/८० मा बैंकले १ अर्ब ७९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको चुक्ता पुँजी ३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको एनपीएल ४.०८ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १५.१७ रुपैयाँ रहेको छ । प्रति सेयर नेटवर्थ १४४.८१ रुपैयाँ रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंकको स्प्रेड दर ४.५८ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ६.७८ प्रतिशत रहेको छ । त्यसैगरी, बैंकको सीडी रेसियो ८१.६२ प्रतिशत पुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्