काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको ४ लाख ३८९ कित्ता हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ । क्यापिटलले गत साउन ८ गतेदेखि हकप्रद बिक्री खुला गरेको कम्पनीले साउन २२ गते बन्द गर्ने जानकारी गरेको थियो तर सेयर बिक्री नभएर समय थप गरेको हो ।
अब कम्पनीको सेयर इच्छुक लगानीकर्ताले भदौ २५ गते कार्यालय समयसम्म खरीदका लागि आवेदन दिन पेश गर्न सक्नेछन् । उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक शेयरधनीले यस कम्पनीको ग्लोबल आइएमई बैंकको कमलादी शाखा वा आइसिएफसि फाइनान्सको नक्साल शाखामा रहेको बैंक खातामा रकम बुझाई कम्पनीको कारोबार कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्