Shikhar Insurance
National Life

‘कामा’ ब्रान्डका चिनियाँ इभी भ्यान र माइक्रो बसको व्यापार त्रिवेणी ग्रुप, यस्ता छन् सुबिधा

सिंहदरबार संवाददाता
२०८१ श्रावण २३, बुधबार ०९:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रोवसको पनि बिक्री वितरण सुरु गरेको छ । कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो कामा अटोमोवाईल कंम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भए पश्चात कंपनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो ।

स्याङडो कामा अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको र यसका कंम्पनीका उत्पादनहरु विश्वका ६० देशहरुमा विक्रि वितरण हुँदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कंम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमताभएको पीक अप भ्यानको विक्रि वितरण सुरुगरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विजुली गाडीको प्रर्वधन मार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रालिले लिएको जनाएको छ । ११ र १४ सिट क्षमताको कामा ईभी माइक्रोमा क्रमश: ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० किमी रेञ्ज प्रदान गर्ने गर्दछ । कामाका सबै इलेक्ट्रिक भ्यानहरुमा सिएटीएल ब्याट्री जडित रहेका छन् ।

कंम्पनीले उक्त रेञ्जहरु ४० किमी प्रति घण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ईभी संचालनको अनुभव तथा ट्राफिक अवस्था का आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० किमिको रेञ्ज सजिलै पाईने जनाएको छ ।

त्रिवेणी मोटोकर्पले विक्री पछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ, साथै आवश्यक पार्टसहरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसबाट बिक्रि पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्क सँग कामा ब्रान्डका गाडी छनौट गर्न सक्ने  कंपनीले जनाएको छ । कंपनीले सर्भिस सम्वन्धि व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध समेत गरेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्